ओलीकाे दाबी- ‘एमाले विश्वभर फैलिरहेकाे छ’

काठमाडाैँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नाे दल विश्वभरी फैलिरहेकाे दाबी गरेका छन् । चुनौती र व्यवधानका बाबजुद आफूहरू इतिहासकै सबैभन्दा ठूलो संगठन बनेको उनकाे दाबी छ । बिहीबार केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले त्यसको सामना गर्न एमाले तयार रहेको पनि बताए ।

आफूहरू अझै सामना र चुनाैतीलाई झेल्दै फैलिने बताए । ‘हाम्रा अगाडि चुनौती छ, व्यवधान पैदा गर्न खोजिएको छ । त्यसको सामना गर्न इतिहानसमा कहिल्यै भएभन्दा बढी संगठन विस्तार भएको छ । गतिशील भएको छ, एकताबद्ध भएको छ र जनताको आशा र भरोसाको केन्द्र भएको छ ।’

एमालेले देश विकासको काम, सुशासनको कामलाई अघि बढाएर ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउन सक्छ भन्ने विश्वास जनमानसमा रहेको उनको दाबी छ । उनले भनेका छन्, ‘जहाँ नेपाली, त्यहाँ एमाले भएकाे छ । याे भनेकाे एमाले विश्वभरी फैलिएकाे छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *