आयोगद्वारा देशभरका स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना

काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन आयोगद्वारा देशभर निर्वाचन कार्यालयको स्थापनालाई तिव्रता दिएको छ।

आयोगले स्थानीय तहको निर्वाचनका लागि देशभरका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। आयोगले काठमाडौँ महानगरको मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा स्थापना गरेको काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजु खतिवडाले जानकारी दिए। अधिकृत खतिवडाका अनुसार निर्वाचन अयोगले तयार गरेको कार्यतालिका निर्वाचन अधिकृतको कार्यालयबाट अघि बढ्नेछ।

त्यस्तै, निर्वाचन आचारसंहिता पालना भए नभएको पनि जाँचबुझ गरिने उनले जानकारी दिए। उनले भने, ‘प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा ९-१० जना कर्मचारीको जनशक्ति रहने व्यवस्था आयोगले गरेको छ। निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखेको छ।’

निर्वाचन आयोगले देशका ७७ वटै जिल्लाअन्तर्गत रहेका स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *