गठबन्धनमा कतै समस्या आए मित्रवत् प्रतिस्पर्धा : प्रचण्ड

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन दलबीच चुनावी तालमेलका क्रममा कतै तालमेल आए मित्रवत प्रतिस्पर्धा पनि गर्न सकिने बताएका छन् ।

प्रेस सेन्टर धनगढीको आयोजनामा विहीबार धनगढी विमानस्थलमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

गठबन्धन दलहरुबीच तालमेल गर्ने विषय पहिलो प्राथमिकतामा राखिएको भन्दै उनले कुनै स्थानमा समस्या आए स्वस्थ प्रतिस्पर्धा पनि हुनसक्ने बताए । ‘सत्ता गठबन्धनका दलहरुबीच केन्द्रमा भएको तालमेलको मर्म र भावना अनुसार नै देशभर चुनावी तालमेल हुन जरुरी’ उनले भने, ‘कहीँकतै समस्या आयो भने स्वस्थ प्रतिस्पर्धा पनि गर्न सकिन्छ । तर प्राथमिकता तालमेललाई नै दिनुपर्छ ।’

यस्तै अध्यक्ष प्रचण्डले निर्वाचन तोकिएकै समयमा हुने प्रष्ट पारेका छन् । निर्वाचन सार्ने भन्ने हल्ला फिजाइएको भन्दै त्यस्तो भ्रममा नपर्न उनले आग्रह गरे । ‘हिजो मात्रै हामीले महानगर र उपमहानको भागबण्डासमेत गरिसकेका छौं,’ उनले भने, ‘अब कन्फ्युज हुनुहुँदैन । वैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुन्छ ।’

उनले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउनुपर्ने व्यापक जनसहभागिता हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *