प्रतिरोध समूहद्वारा सर्वोच्च घेराउ (तस्वीरसहित)
२०७९ वैशाख ७ गते

काठमाडौँ । महिला हिंसाका पीडितले बयान बदल्ने र अदालतबाट न्याय नपाउने स्थितिका विरुद्धमा सामाजिक सञ्जालमा अभियान सञ्चालन गरी प्रतिरोध, पुष्पलाल ज्ञानशाला, डाइलेक्किल सोसाइटीलगायतका विभिन्न संस्थाहरूले अदालत घेरौँजस्ता ह्यासट्यागसहित आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
सोमबार साँझदेखि सामाजिक सञ्जालमा सुरु भएको अभियानले आज माइतीघर मण्डलामा प्रदर्शन गरी सर्वोच्च अदालत घेर्ने कार्यक्रम रहेता पनि प्रहरीले प्रदर्शनकारीलाई माइतीघरमै रोकेको थियो । मकालुखबरसँग कुरा गर्दै प्रतिरोध समूहका अध्यक्ष मनोज खतिवडाले भने, ‘अहिले अदालतमै पुगेपनि पीडितले न्याय पाउने स्थिति छैन ।’ उनले भने, ‘जबसम्म सामान्य हेरफेर र सुधारले मात्रै यो व्यवस्थामा महिलाले न्याय पाउने अवस्था आउँदैन, हाम्रो यो आन्दोलन रोकिने छैन ।’

२०७९ वैशाख ७ गते
प्रतिक्रिया
सम्बन्धित








