गठबन्धनमा जुट्याे सहमति, केहीबेरमा सहमतिपत्रमा हस्ताक्षर हुने

काठमाडाैँ । सत्ता गठबन्धनमा सहमति जुटेकाे छ । महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्वको विषयमा सहमति गर्न निरन्तर बसिरहेको बैठकले सहमति गरेकाे हाे । बुधबार ६ महानगरपालिका र ११ उपमहानगरको भागबन्डा टुंगिएको बैठकमा सहभागी एक नेताले बताए ।

महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनका कुन-कुन दलले साझा उम्मेदवार उठाउने भन्नेबारे नेताहरूले सहमति जुटाएका हुन् । सहमतिपत्रमा केही बेरमा हस्ताक्षर हुने ती नेताले बताएका छन् ।

भएकाे सहमतिअनुसार उपमहानगरकाे सन्दर्भमा कांग्रेसले ७ उपमहानगर पाउने छ भने माओवादी केन्द्रले २ पाउनेछ । ११ उपमहानगरमध्ये एकीकृत समाजवादी र जनता समाजवादीले भने १/१ पाउनेछन् ।

महानगरबारे हिजै नै सहमति भइसकेकाे छ । ६ महानगरमध्ये ३ नेपाली कांग्रेसले लिने सहमति बन्दा अन्य दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले भने समान १/१ महानगर लिनेछन् । जसमा कांग्रेसले विराटनगर र काठमाडाैँ उपत्यकाभित्रका दुई महानगर काठमाडाैँ र ललितपुर लिनेछ । यस्तै माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले भने क्रमश: भरतपुर, पाेखरा वीरगञ्ज लिनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *