राप्रपाकाे घाेषणापत्र- १२ कक्षासम्म पूर्ण नि:शुल्क शिक्षा, ५० प्रतिशतसम्म स्थानीय कर कटाैती

काठमाडाैँ । राष्ट्रिय प्रजात्नत्र पार्टी (राप्रपा) ले आसन्न स्थानीय निर्वाचन घाेषणापत्र सार्वजनिक गरेकाे छ । बुधबार सार्वजनिक घाेषणापत्रमार्फत राप्रपाले कक्षा १२ सम्म पूर्ण निशुल्क शिक्षा दिने घाेषणा गरेकाे छ । यस्तै स्थानीय तहहरूमा ५० प्रतिशतसम्म कर कटाैतीकाे गर्ने जनाएकाे छ ।

४ पेज लामो घोषणापत्रमा राप्रपाले महिलाद्वारा सञ्चालित साना तथा घरेलु उद्योग व्यवसायमा १२ वर्षसम्म स्थानीय कर छुट दिने पनि राप्रपाको घोषणापत्रमा उल्लेख छ । यस्तै सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने, सुत्केरी सेवा तथा निम्न आय भएका सुत्केरीलाई तीन महिनासम्म मासिक रूपमा ३ हजार भत्ता दिने घोषणा पनि राप्रपाले गरेको छ ।

उसले प्रत्येक किशोरीलाई पाठेघर क्यान्सरविरुद्धको खोप दिनेजस्ता कार्यक्रम ल्याउने घाेषणा गरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *