पोखराका कांग्रेस वडासभापतिहरूकाे भेला : मेयर कदापि नछाेड्ने अडान

काठमाडाैँ । सत्ताधारी गठबन्धनका शीर्ष नेताहरूले पाेखरा महानगरपालिकाकाे मेयर एकीकृत समाजवादीलाई दिने निर्णय गरेसँगै पाेखरा कांग्रेस बिच्किएकाे छ ।

कांग्रेसले मेयर नपाउने भएसँगै महानगरका वडा सभापतिहरूले बैठक डाँकी मेयर नछाेड्ने अडान राखेका छन् । उनीहरूले पाेखरा महानगरकाे मेयर कुनैपनि हालतमा छाेड्न नसकिने निष्कर्ष निकालेका हुन् ।

यसअघि बुधवार बिहान उनीहरूले कास्की नेपाली कांग्रेसको कार्यालयमा तालाबन्दी गरेका थिए ।

अब पाेखरामा कसरी अघि बढ्ने भन्ने छलफल हुने महानगर सचिव गणेशबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − ten =