अर्थमन्त्री चढ्ने गाडीको ठक्करबाट पाइजाको मृत्यु
२०७९ वैशाख ७ गते

पोखरा । गण्डकीका अर्थमन्त्री रामजी बराल चढ्ने गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । वैशाख १ गते नयाँ वर्षको दिन पोखरा ३२ खुदीमा दुर्घटना हुँदा घाइते भएका मीनबहादुर पाइजाको उपचारकै क्रममा ५ दिनपछि मृत्यु भएको हो ।
ग १ झ ४४५ नम्बरको गाडीले ग १६ प ५१८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट पाइजा र उनकी श्रीमती घाइते भएकामा पाइजाको मनिपाल शिक्षण अस्पतालमा सोमबार मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । उनकी श्रीमतीको अवस्था भने सामान्य छ ।
२०७९ वैशाख ७ गते
प्रतिक्रिया
सम्बन्धित









