स्वच्छ र निष्पक्ष निर्वाचन गराउन आयोग तयार : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडाैँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ र निष्पक्ष निर्वाचन गर्न निर्वाचन आयोग तयार रहेको बताएका छन् ।

मंगलबार आयोगले काठमाडौँमा आयोजना गरेको मिडिया अन्तर्क्रिया कार्यक्रममा थपलियाले निर्वाचन हुँदैन कि भनेर शंका नगर्न आग्रह गर्दै तोकिएको मितिमा नै स्वच्छ र निष्पक्ष निर्वाचन गर्न निर्वाचन आयोग तयार रहेको बताएका छन् ।

उनले निर्वाचनका लागि वैशाख ८ गते सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जानकारी दिए । थपलियाले दलहरूको सुझावकै आधारमा मनोनयनका लागि दुई दिन छुट्टाइएको र प्रचार प्रसारको अवधि पनि बढाइएको बताए । यसपटकको निर्वाचनमा अघिल्लो स्थानीय निर्वाचनमा भएका कमि कमजोरीलाई पनि सच्चाएर आयोग अघि बढेको उनले बताए ।

उनले आयोगले जारी गरेको आचारसंहिता कार्यान्वयन गर्नु सबै पक्षको दायित्व भएको र आफ्नो परिक्षा आफैँ लिएर यसको पालना गर्न सुझाव दिए ।

त्यस्तै, उनले निर्वाचनको मौन अवधिमा देशभर मदिरा बिक्री वितरण नगर्न–नगराउन प्रस्ताव गरिएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 12 =