पोखरामा कुन पार्टीका कति आकांक्षी ? सबैभन्दा धेरै कांग्रेसमा 

पोखरा । देशकै ठूलो महानगर र पर्यटकीय क्षेत्र भएकोले पनि पोखरालाई विशेष प्राथमिकताका साथ हेरिन्छ । त्यसबाहेक यहाँको राजनीति पनि थप रोचक छ । २०४९ सालमा कांग्रेस उम्मेदवार भोला थापाले मेयर जितेपछि २०५४ र २०७४ मा एमालेले बाजी मा-यो । अहिले स्थानीय तहको चुनाव नजिकिएको छ । आउँदो ३० गते हुने चुनावका लागि अहिले दलहरूले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन् ।

यसअघि मेयर र उपमेयर सहित २२ वडाको अध्यक्ष जितेको नेकपा एमालेले अहिले १२ जनाको नाम सिफारिस गरेको छ । यसअघिको चुनावमा आन्तरिक मतदानबाट ३÷३ जनाको नाम पटाइएकोमा अहिले आकाङ्क्षी जति सबैको नाम पठाइएको छ । मेयरमा १२ र उपमेयरमा ९ जनाले आन्तरिक प्रतिस्पर्धाका लागि मनोनयन गरेका थिए । उनीहरू सबैको नाम जिल्लामा पठाइएको हो ।

यस्तै, सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले मेयरका लागि १८ जनाको नाम सिफारिस गरेको छ । आइतबार आकांक्षीको नाम टिपाउँदा १८ जनाले मनोनयन दिएका हुन् । यस्तै, उपमेयरमा १० जनाको नाम परेको छ । उनीहरुबीच सोमबार परिचयात्मक कार्यक्रम सहित सबैको पोखरा भिजन मागिएको छ ।

गठबन्धनको दोस्रो दल नेकपा माओवादी केन्द्रले मेयर र उपमेयरमा ३-३ जनाको नाम सिफारिस गरिएको छ । सोमबार नगर कमिटीको बैठकले मेयरमा ३ र उपमेयरमा पनि ३ जनाको नाम प्रदेश कमिटीमा पठाइएको हो । एकीकृत समाजवादीले नगर कमिटी बैठकबाट मेयरमा ६ जना र उपमेयरमा ३ जनाको नाम पठाएको छ । जसपाले अहिलेसम्म मेयरको टुङ्गो लगाएको छैन । अरू पार्टीहरू छलफलकै क्रममा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + one =