पोखराको उप-मेयरमा प्रचण्डकी बुहारीसहित ३ जना सिफारिस
२०७९ वैशाख ५ गते

पोखरा । नेकपा माओवादीले पोखराको उपमेयरमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) की बुहारी सिर्जना त्रिपाठीलाई सिफारिस गरेको छ । ३० गते हुने स्थानीय तहको चुनावका लागि त्रिपाठी सहित ३ जना को नाम उपमेयरमा सिफारिस भएको हो ।
सोमबार बसेको नगर कमिटी बैठकले मेयरमा पनि ३ जनाकै नाम प्रदेशमा पठाएको छ । मेयरमा विश्वप्रकाश लामिछाने, जिल्ला संयोजक बखानसिंह गुरुङ र महिलामा सीता खड्काको पठाईएको नगरका इन्चार्ज दिपक कोइरालाले जानकारी दिए ।
उपमेयरमा त्रिपाठी सहित गोमा ढकाल र सूर्यप्रकाश तिवारीको नाम सिफारिस गरिएको उनले बताए ।
२०७९ वैशाख ५ गते
प्रतिक्रिया
सम्बन्धित









