कास्कीमा जसपाको घुर्की : हामी आफैँ मेयर उठ्छाैँ

पोखरा । कांग्रेसलगायत ठूला दलहरूले पेलेको भन्दै जनता समाजवादी पार्टी [जसपा] ले आफ्नै उम्मेदवार उठाउने घुर्की दिएको छ । सामाजिक सञ्जालहरूमा जसपाका कार्यकर्ताहरूले हेमबहादुर थापा [किरण] लाई पोखराको मेयर उठाउने धम्की दिएको हो । तर थापासहित जसपा नेताहरू गठबन्धनको बैठकमा बसिरहेका छन् ।

थापाले भने, ‘हामी अपमानित भएरचाहिँ जाँदैनाैँ । हामीलाई प्रमुख पद दिनुस् भनेको पनि छैन । तर सम्मानजनक उपस्थिति त हुनुपर्‍याे नि ।’ जसपाले अन्नपूर्ण गाउँपालिकामा दाबी गरेकाे छ । अन्नपूर्णको उपाध्यक्षसहित विभिन्न वडाध्यक्ष जसपाले मागेको छ । तर गठबन्धनमा कुरा मिलेको छैन । ‘पोखराको उपमेयर दियो भने जिल्लाभरी हामी सहयोग गर्छौं,’ एक नेताले भने, ‘नत्र गठबन्धन भनेपछि केही त चाहियो । अर्काको झण्डा मात्रै बोकेर प्रचारमा हिँड्ने कुरा आउँदैन क्यारे ।’

एकीकृत समाजवादीले भने अस्वाभाविक दाबी गरेको भन्दै गठबन्धनभित्र कुरा मिलेको छैन । आजको बैठकले गठबन्धनबारे बाँडफाँटको मोडालिटी तयार गरिने बताइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *