जित्नका लागि तालमेल गर्नु कांग्रेसकाे चरित्र हाेइन : गगन (भिडिओसहित)

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जित्नका लागि तालमेल गर्नु कांग्रेसकाे चरित्र नभएकाे बताएका छन् । साेमबार काठमाडाैँमा आयाेजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै महामन्त्री थापाले भने, ‘संसदीय प्रणालीमा कहिले काेसँग, कहिले काेसँग सरकारमा हुनु अस्वाभाविक हाेइन, तर चुनावअगावै जित्नका लागि तालमेल गर्नुचाहिँ कांग्रेका लागि अस्वाभाविक हाे । कांग्रेसकाे चरित्र याे हाेइन ।’

तीन दिनयता आफूले ५० भन्दा धेरै जिल्लाका नेताहरूसँग कुराकानी गरेकाे सुनाउँदै महामन्त्री थापाले भनेका छन्, ‘जिल्लाका काेही साथीहरू चुनावी तालमेलकाे पक्षमा छैनन् । बरु निर्वाचन हाराैँ तर तालमेल नगराैँ भन्ने साथीहरूकाे भनाइ छ ।’

केन्द्रबाटै तालमेलकाे निर्णय लाद्न खाेज्दा समस्या देखिएकाे महामन्त्री थापाकाे भनाइ छ ।

महामन्त्री थापा डा. शेखर काेइरालानिकट हुन् । उनले शुरूदेखि नै चुनावी गठबन्धन बन्न नहुने बताउँदै आएकाे छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *