सिंहदरबार छिर्न यत्रो सास्ती किन ?

नेपालभरका आम नागरिक आफ्नो व्यक्तिगत काम लिएर मन्त्री वा सरकारी कर्मचारी भेट्नका लागि सिंहदरबार आउँछन् । जनप्रतिनिधिहरू सबै स्थानीयको समस्या बोकेर वा बजेट माग्न सिंहदरबारसम्म धाउँछन् । देशका ठूल्ठूला ओहोदाहरू बस्ने एक मात्र ठाउँको सिंहदरबार । यहाँ दैनिक निकै भिडभाड हुन्छ । राजनीतिक दलहरूले हामी गाउँगाउँमा सिंहदरबार पुर्‍याउँछौँ भनेपनि सो आश्वासनमै सीमित भयो । अहिले पनि सिंहदरबार छिर्नेको सङ्ख्यामा कुनै कमी आउन सकेको छैन । जनमानस एकदमै धेरै हुन्छ ।

तर, सिंहदरबार छिर्नका लागि गाह्रो छ कि कुरै नगरौँ । अझ गाउँगाउँबाट आएकालाई धेरै नै सकस छ । कुन मन्त्रालय हो ? कहाँ छ ? सचिव को हो ? मन्त्री को हो ? त्यस बारेपनि ज्ञान नभएको हुन सक्छ । सिंहदरबार छिर्नका लागि सबैभन्दा कठिन काम भनेको चाहिँ पास मगाउनु हो । बाहिरबाट फोन गरेर आफ्नो नाम र जिल्ला खुल्ने परिचयपत्र देखाउनुपर्छ । नागरिकतामा लेखेअनुसार नाम मिलेन भने पास पाइँदैन । अझ, भित्र छिर्नलाई पटकपटक फोन गर्दा पनि मन्त्रालयभित्रका कर्मचारीले फोन उठाउँदैनन् ।

बत्ती भएनि नभएको बहाना बनाउँछन् । पास बनाउनका लागि नेट छैन भनेर ढाँट्न पनि उनीहरू पछि हट्दैनन् । मन्त्रालयमै भएका मन्त्री र सचिव पनि नभएको बताउँछन् । तर, यसले टाढा टाढाका आम नागरिक र जनप्रतिनिधिलाई कति सकस भएको छ उनीहरूले बुझेका छन् । दुर्गम जिल्लाबाट महँगो गाडी भाडा तिरेर काठमाडौँ आएका हुन्छन् । आफ्नो समस्या कसैले त सुन्दिएला भनेर आएकाहरू अन्ततः निराश भएर फर्किन बाध्य हुन्छन् । बेकारमा ती सीधासाधी जनताको गाडी भाडा खेर जान्छ । उता, लजमा बसेको खर्च भने छुट्टै छ ।

सिंहदरबार छिर्नका लागि गाह्रो छ कि कुरै नगरौँ । अझ गाउँगाउँबाट आएकालाई धेरै नै सकस छ । कुन मन्त्रालय हो ? कहाँ छ ? सचिव को हो ? मन्त्री को हो ? त्यस बारेपनि ज्ञान नभएको हुन सक्छ ।

यता, मन्त्रालयका कर्मचारीहरूले राम्रोसँग नागरिकहरूको कुरा पनि सुन्दैनन् । बोल्दाबोल्दै फोन काटिदिने, झर्किने, रिसाउने गर्दछन् । राम्रोसँग बोलीवचन गर्दैमा तिनीहरूको के जान्छ ? भन्दाभन्दै फोन काट्नु नैतिकता हो ? आफ्नो वा पुरै स्थानीयको समस्या बोकेर आएसँग झर्किनु मानवता हो ? मन्त्रालयका कर्मचारीको काम जनताको गुनासो सुन्नु र उनीहरूलाई सेवा सुविधा प्रदान गर्नु हो । त्यतिपनि गर्न नसक्ने कर्मचारीहरूले किन जागिर खाने ? बरु, छोडिदिने । सिंहदरबारभित्र प्रधानमन्त्री कार्यालयदेखि लिएर धेरै मन्त्रालयहरू छन् । त्यहाँभित्र भएका कर्मचारी सबैले जनताले तिरेको करबाट तलबभत्ता र सेवा सुविधा पाएका छन् ।

तर, त्यही जनतालाई हेप्न खोज्नु यिनीहरूलाई नैतिकताले दिन्छ ? मन्त्रालयका कर्मचारीहरू कार्यालय आउँछन् दिनभरि सामाजिक सञ्जालमा झुण्डिछन् । जनताले तिरेको करबाट टेलिफोन जडान गरेको छ । दिनभरि आफन्तसँग कुराकानी गरेर बस्यो । राजनीतिको गफगाफ गर्ने, क्यान्टिनमा गएर भाषण ठोकेर बस्ने उनीहरूको दैनिकी यही नै हो । एकाध कर्मचारी मात्र आफ्नो कुर्सीमा भेटिएलान् । हाजिर गर्‍यो घरतिर दौडियो । सरकारी कर्मचारीको काम भने दिन कटानी र माना पचानी मात्र हो । फोन गर्‍यो भने उनीहरूको फोन पनि उठ्दैन ।

तोकिएको समयमा मन्त्रालय नआउने र आएपनि आफ्नो कुर्सीमा नबस्ने जस्ता गुणवान् कर्मचारी सिंहदरबारले पाएको छ । कुर्सीचाहिँ भित्र कर्मचारीचाहिँ बाहिर । सधैँ सर्वसाधारणलाई सास्ती दिने काम मात्र भइरहेको छ । सिंहदरबारमा मात्र नभई मुलुकका हरेक सरकारी कार्यालयमा कामचोर प्रवृत्तिका कर्मचारीहरू छन् । आज तलबभत्ता र भोलि पेन्सन यिनीहरूले जनताले तिरेकै करबाट खाने हो । तर, त्यही जनताको काम गर्न यी कामचोर कर्मचारी किन हिचकिचाउँछन् ? आफ्नो काम लिएर कार्यालय पुगेका सर्वसाधारणहरूले सरकारी कर्मचारीका कारणले दुःख मात्र पाउँछन् ।

२०६२–६३ सालमा राजतन्त्रको विरोध गर्दै नेपालीहरू सडकमा उत्रिए । नेपालीले गरेको आन्दोलनले राजतन्त्र हट्यो, लोकतन्त्र आयो । लोकतन्त्र आएपनि यी सरकारी कर्मचारीको व्यवहारमा कुनै परिवर्तन आएन । लोकतन्त्रपछि सिंहदरबार छिर्न सहज हुन्छ र कर्मचारीको काम गर्ने शैलीमा परिवर्तन आउँछ भनेर हरेक नेपालीको आशा थियो । जुन अहिले आएर निराशामा बद्लियो । देशको व्यवस्था फेरियो तर सिंहदरबार छिर्नका लागि बस्नुपर्ने लाइन र कर्मचारीको रुखो व्यवहार फेरिएन । जनताहरूको आँटले राजनीति परिवर्तन भयो तर कर्मचारीको भ्रष्ट आनीबानीमा कुनै परिवर्तन भएन ।

त्यही जनतालाई हेप्न खोज्नु यिनीहरूलाई नैतिकताले दिन्छ ? मन्त्रालयका कर्मचारीहरू कार्यालय आउँछन् दिनभरि सामाजिक सञ्जालमा झुण्डिछन् । जनताले तिरेको करबाट टेलिफोन जडान गरेको छ । दिनभरि आफन्तसँग कुराकानी गरेर बस्यो । राजनीतिको गफगाफ गर्ने, क्यान्टिनमा गएर भाषण ठोकेर बस्ने उनीहरूको दैनिकी यही नै हो ।

अहिले घुसबिना केही काम नै हुँदैन । घुस दियो भने छिनमै काम हुन्छ । दिन सकेन भने महिनौँ पनि बित्छ । मन्त्री र सचिवको आफन्तलाई महिनावारी पास बनाइदिएको पाइन्छ । उनीहरू महिनाभर सिंहदरबार छिर्न पाउँछन् । तर, सर्वसाधारणको हकमा त्यस्तो छैन । पाँच मिनेट सिंहदरबार छिर्न पनि युद्ध लडेझैँ अनुभव सर्वसाधारणलाई हुन्छ । जनता सडकमा नउत्रिएको भए आज राजतन्त्र कायमै हुन्थ्यो होला । नेपालीहरू सहिद नभइदिएको राजनीतिक परिवर्तन हुँदैनथ्यो । जनताकै बलमा आज यिनीहरू सत्तामा पुगे । जनताले मत दिए मन्त्री, प्रधानमन्त्री बनाए ।

आफू भोको पेट बसेर यिनीहरूको पेट पालेका छन् । जनताले कर नतिर्ने हो भने मन्त्री, प्रधानमन्त्री भन्नेहरूले खान पनि पाउँदैनन् । हरेक मुलुकमा सबैभन्दा माथि जनता हुन्छन् । जनताले चाहेभने पुरै मुलुक नै उथलपुथल बनाइदिन सक्छन् । हिजो राजतन्त्र हटाउनेदेखि लिएर सहिद बनिदिने हामी । यिनीहरूलाई राजनीति क्षेत्रमा ल्याउने पनि हामी । तर, आज यिनीहरूलाई भेट्नकै लागि यत्रो सास्ती । गाउँगाउँमा सिंहदरबार पुग्छ भन्नेहरू कता हराए ? एउटै भएको सिंहदरबारमा त जनताले सुविधा पाउन सकेका छैनन् । सिंहदरबार सबै जनताको हो ।

जोकोही नेपाली पनि सिंहदरबार छिर्न पाउनुपर्छ । अरूलाई बाहिर घण्टौँ उभाएर यसरी हैरानी दिन पाइँदैन । मन्त्रालयका हरेक कर्मचारीहरूले आफूलाई सबैभन्दा ठूलो ठान्छन् । घमण्डको त कुरै नगरौँ । सिंहदरबारको गेट हरेक नेपालीको लागि जतिबेला पनि खुला गर्नुपर्छ ।

जनतामाथि शोषण गर्ने र शासन चलाउने काम नगरौँ । अब फेरिपनि जनता सडकमा उत्रिए भने सिंहदरबारको जरा उखालेर फ्याँक्दिन्छन् । सबैलाई आफ्नो समस्या र गुनासो राख्ने हक अधिकार छ । सिंहदरबारभित्र छिर्न दैनिक ठूलो जनमास हुन्छ । पास लिनका लागि घण्टौँ उभिन पर्ने हुन्छ । तर, त्यहाँ एउटा बस्ने ठाउँको व्यवस्था पनि गरिएको छैन ।

देश सपार्ने कि बिगार्ने नेता र सरकारी कर्मचारीको हातमा हुन्छ । काम गर्न नसकेका कारण केही हुन्छ कि भन्ने त्रासले नेताहरू सुरक्षाको घेराभित्र हिँड्छन् । सरकारी कर्मचारी भ्रष्ट्राचार मात्र गर्छन् । व्यापारीहरू हप्तैपिच्छे सामानको मूल्य बढाउँछन् । अन्ततः मर्ने हामी नेपाली जनता ।

भर्खरका त जसोतसो उभिएलान् तर बूढाबूढीलाई कति गाह्रो होला कसैले निर्क्योल गरेको छ ? मन्त्री, सचिव र प्रधानमन्त्रीको आँखामा जनताको दुखाइ नपरेकै हो ? हिजो राजाले जनताको भावना नबुझ्दा र जनतामाथि शासन चलाउन खोज्दा राजतन्त्रको जरा उखालियो । अब पालो मन्त्री, प्रधानमन्त्री र सरकारी कर्मचारीको हो । अब पनि राजनीतिक दल र कर्मचारी नसुध्रिने हो भने राजनीतिक दल र सरकारी कर्मचारी पुरै परिवर्तन हुन बेर लाग्दैन । जनताभन्दा ठूलो कोही छैन भनेर कसैले पनि बिर्सिने काम नगरौँ । किनकि जबजब जनतामाथि शासन चलाउन र अत्याचार गर्न खोजिन्छ तबतब ठूलो क्षति हुन्छ ।

नेपाल सरकारले सात प्रदेश बनाएको छ । सात प्रदेश घोषणा गरेपनि सिंहदरबार आउनेको चाप घटेन किन कि प्रदेश सरकारले केही काम नै गरेन । प्रदेशको मुख्यमन्त्रीदेखि लिएर कर्मचारी जिम्मेवार भएको भए सिंहदरबार छिर्न होडबाजी चल्दैनथ्यो । प्रदेश सरकारले गरेको काम तलबभत्ता खाने, सरकारी गाडी चढ्ने र भ्रष्ट्राचार गर्ने । जनताको काम गर्न भने चासो देखाइएन । प्रदेश सरकारले छिटोछरितो काम गरिदिएको भए सिंहदरबार आउनेको चाप स्वाट्टै घट्थ्यो ।

नेतृत्व गतिलो नहुँदा मुलुकको हालत कस्तो हुन्छ भनेर श्रीलङ्काबाट सिकौँ । जसरी माटो मुछेपछि जस्तो पनि भाडा बनाउने सकिन्छ । त्यसैगरी, नेताले चाह्यो भने मुलुक समृद्ध बनाउन सक्छ । देश सपार्ने कि बिगार्ने नेता र सरकारी कर्मचारीको हातमा हुन्छ । काम गर्न नसकेका कारण केही हुन्छ कि भन्ने त्रासले नेताहरू सुरक्षाको घेराभित्र हिँड्छन् । सरकारी कर्मचारी भ्रष्ट्राचार मात्र गर्छन् । व्यापारीहरू हप्तैपिच्छे सामानको मूल्य बढाउँछन् । अन्ततः मर्ने हामी नेपाली जनता ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.