एमाले सचिवालय बैठक आज, मुख्य एजेण्डा स्थानीय चुनाव

काठमाडौँ । स्थानीय तहको चुनाव तयारीबारे छलफल गर्न नेकपा एमालेले केन्द्रीय कार्यालय र सचिवालयको बैठक राखेको छ ।

केन्द्रीय कार्यालय बैठक बिहान ११ बजे थापाथलीस्थित कार्यालयमा बस्नेछ भने सचिवालय बैठक साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने भएको हो ।

बैठकमा स्थानीय चुनावको लागि पार्टीले तयार पारेको घोषणापत्र, अहिलेसम्म भएका उम्मेदवार सिफारिसलगायत विषयमा छलफल हुने बताइएको छ । साथै महानगर र उपमहानगरको नेतृत्वका विषयमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *