एकीकृत समाजवादीले दियो गठबन्धन छोड्ने चेतावनी

काठमाडौँ । एकीकृत समाजवादीले गठबन्धन छोड्ने चेतावनी दिएको छ । आइतबार दिउँसो बसेको गठबन्धनको स्थानीय तहको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा उपस्थित हुने क्रममा पार्टीका महासचिव डा. वेदुराम भुसालले यस्तो बताएका हुन् ।

एकीकृत समाजवादीले ६ मध्ये १ महानगरपालिकाको नेतृत्व आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ । यदि एक महानगरको नेतृत्व नपाए यसबारे थप छलफल गर्न नसकिने कुरा हिजोको बैठकमा महासचिव भुसालले राखेका थिए ।

गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको कार्यदललाई भागबन्डा टुङ्ग्याउने गरी जिम्मा दिएको छ । यसपछि हिजो बसेको बैठक बिना निष्कर्ष सकिएको थियो ।

किन चेतावनी दिनुभएको गठबन्धन छोड्ने ? भन्ने प्रश्नमा एकीकृत समाजवादीका एक नेताले भने- ‘शक्ति सन्तुलन मिलाएर जानुपर्नेमा यत्तिकै पेलेर अगि बढ्न खोज्दा हामीले यसो भनेका हौँ ।;

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *