कांग्रेसको प्रदेश कोषाध्यक्षमा गुप्ता मनोनित

विराटनगर ।  नेपाली कांग्रेस प्रदेश नं १ को कोषाध्यक्षमा राजेश गुप्ता चयन भएका छन् ।  प्रदेश

कार्यसम्पादन समितिको आइतबार बसेको वैठकले प्रदेश सदस्य समेत रहेका गुप्तालाई कोषाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको उपसभापति रमेशजंग रायमाझीले जानकारी दिए ।

प्रदेश समितिका निर्वाचित सदस्यहरूमध्येबाट एक जना कोषाध्यक्ष मनोनित गर्ने विधानमा व्यवस्था छ ।

विसं २०४६ सालदेखि नेपाली कांग्रेसको सक्रिय राजनितिमा लागेका  गुप्ता विराटनगर १५ का स्थायी बासी हुन् । गुप्ता प्रजातन्त्र सेनानी स्वर्गिय रघुनाथ प्रसाद गुप्ताका छोरा हुन् । नेपाल हक्की संघ मोरङका अध्यक्ष समेत रहेका  गुप्ता विभिन्न धार्मिक तथा सामाजिक क्षेत्रमा समेत क्रियाशील छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *