राप्रपाले भद्रपुरमा घोषणा गर्‍याे उम्मेदवार

विराटनगर । झापामा गठबन्धन दलहरू बिचमा राप्रपा पनि मिलेर चुनावी तालमेल गर्ने चर्चा भइरहेको बेला भद्रपुरमा राप्रपाले आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले भद्रपुर नगरपालिकाको प्रमुखमा नवराज पनेरू ‘राजु’ र उपप्रमुखमा राधा कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । भद्रपुरमा प्रमुख र उपप्रमुख सहित १० वटै वडाका सवै ५२ वटै पदमा उम्मेदवार उठाउने घोषणा गरेको हो ।

राप्रपाका प्रवक्ता भक्तिप्रसाद सिटौलाले जित सुनिश्चितता गर्न राप्रपाले सिंगो उम्मेदवारी दिएको बताए । राप्रपा झापाका अध्यक्ष केशव ओझाले उम्मेदवारहरूको नाम घोषणा गर्दै झापामा राप्रपाले धेरै पालिकाहरू जित्ने दाबी गरे ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपाको तर्फबाट प्रमुखमा पनेरु र उपप्रमुखमा कार्की नै उम्मेदवार बनेका थिए । त्यो बेला भद्रपुरमा राप्रपा चौथो स्थानमा थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *