कास्कीको मादीमा कांग्रेसबाट अध्यक्ष बन्न १२ को नाम दर्ता

पोखरा । नेपाली कांग्रेसले मादी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका आकांक्षीको नाम संकलन गरेको छ । गाउँपालिका अध्यक्षमा १२ जनाले आकांक्षा देखाएका छन् भने उपाध्यक्षमा नाम नै संकलन गरिएको छैन ।

जिल्ला सचिव भानुभक्त ढकाल, जिल्ला सदस्य अर्जुन गुरुङ, पुर्व क्षेत्रीय सभापति वृजमान गुरुङ, क्षेत्रीय सचिव ओम प्रकाश गुरुङ, पालिका सभापतिमा चुनाव हारेका देवीजंग गुरुङ, सरोज केसी, सागर गुरुङ, कृष्ण चन्द्र बराल, यमनाथ सापकोटा, लेखबहादुर गुरुङ, प्रेम तामाङ र सूर्य मोहन सापकोटाले प्रमुख पदका लागि उम्मेद्वारी दिएका हुन् ।

कांग्रेसले शनिबार नै नाम टिपाउन आह्वान गरेको थियो । दिउँसो ३ बजेसम्मको समय दिईएकोमा १२ जनाले मात्रै नाम टिपाएका सभापति यमबहादुर गुरुङले जानकारी दिए ।

यसअघि माओवादीले अध्यक्ष दावी गरेपनि कांग्रेसले छोड्न नसक्ने बताएपछि उपाध्यक्ष छोडेर अध्यक्ष मात्रै नाम सिफारिस गर्न लागिएको हो । स्राेतका अनुसार यहाँको उपाध्यक्षमा माओवादीलाई दिने बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *