माओवादी कमजाेर हुनु भनेकाे उपेक्षित समुदाय कमजाेर हुनु हाे : असिम राई

६७ नेता/कार्यकर्ता माओवादी केन्द्र प्रवेश

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), साेलुखुम्बु जिल्ला समन्वय समितिका संयाेजक असिम राईले माओवादी केन्द्र कमजाेर हुनु भनेकाे उपेक्षित समुदाय कमजाेर हुनु भएकाे बताएका छन् । आइतबार पार्टी मुख्यालय, काेटेश्वर पेरिसडाँडामा माओवादी केन्द्र, थुलुङ दुधकाेशी-काठमाडाैँ सम्पर्क समन्वय समितिले आयाेजना गरेकाे शुभकामना आदान-प्रदान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष राईले यस्ताे बताएका हुन् । थुलुङ दुधकाेशी गाउँपालिकाका अध्यक्षसमेत रहेका राईले भनेका छन्, ‘माओवादी केन्द्र कमजाेर हुनु भनेकाे समग्रमा सबैकाे मुद्दा कमजाेर हुनु हाे ।’

मुलुक माओवादी केन्द्रकै एजेन्डाबाट अघि बढिरहेकाे अध्यक्ष राईकाे भनाइ छ । ‘अहिले तपाईंहरूले हेर्नुभयाे भने माओवादी पार्टीले स्थापित गरेकाे एजेन्डाबाट मुलुक हिँडिरहेकाे छ, अघि बढिरहेकाे छ,’ अध्यक्ष राईले भनेका छन्, ‘संघीयता, धर्मनिरपेक्षता, समावेशीतालगायतका एजेन्डा र विचार माओवादी पार्टीले अघि सारेपछि अहिले हाम्राे मुलुक यहीँबाटै अघि बढिरहेकाे छ ।’

यसकारण पनि माओवादी पार्टी कमजाेर हुनु भनेकाे सिर्फ प्रचण्ड कमजाेर हुनु नभएकाे जिकिर अध्यक्ष राईकाे छ । अध्यक्ष राईले सम्बाेधनका क्रममा थपे, ‘माओवादी पार्टी कमजाेर हुनु भनेकाे दलितकाे मुद्दा कमजाेर हुनु हाे । आदिवासी जनजातिकाे मुद्दा कमजाेर हुनु हाे । अनि समग्रमा उपेक्षित समुदायकाे मुद्दा कमजाेर हुनु हाे, त्याे समुदाय कमजाेर हुनु हाे ।’

माओवादीले संविधान र व्यवस्था रक्षार्थ काम गरिरहेकाे अध्यक्ष राईकाे भनाइ छ । ‘माओवादी पार्टीले याे व्यवस्था, प्रणाली र संविधानमाथि धावा बाेल्नेहरूकाे डटेर सामना गर्दै आएकाे छ,’ अध्यक्ष राईले भनेका छन्, ‘अब आसन्न स्थानीय तहकाे निर्वाचनमा पनि माओवादीले बहुस्थानमा जित्याे भने नेपालीहरूकाे भविष्य सुरक्षित हुनेछ । संविधान र व्यवस्था सुरक्षित हुनेछन् ।’

अध्यक्ष राईले आसन्न स्थानीय निर्वाचनमा धेरै मतदाताहरूकाे राेजाइमा माओवादी केन्द्र पर्ने दाबीसमेत गरे ।

६७ नेता/कार्यकर्ता माओवादी केन्द्र प्रवेश

कार्यक्रमका बीच ६७ नेता/कार्यकर्ताहरूले माओवादी केन्द्र प्रवेश गरेका छन् ।

एमाले, कांग्रेस, जसपालगायतका दल परित्याग गरी मदन राई, किताबसिंह तामाङ, गीताबहादुर कार्कीलगायत साेलुखुम्बुका नेताहरूसहित अन्य ६७ जनाले माओवादी प्रवेश गरेका हुन् ।

उनीहरूलाई अध्यक्ष राईसँगै माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवबहादुर बस्नेत ‘राजेन्द्र’, माओवादी केन्द्र प्रदेश नं. १ सहसचिव सागर कराँतीलगायतले स्वागत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *