पोखरा : कांग्रेसबाट बहालवाला मन्त्री र पार्टी सभापतिसहित १८ जना मेयरका आकांक्षी

पोखरा । नेपाली कांग्रेसले आवेदन आह्वान गरेपछि पोखराको मेयर बन्न १८ जनाले नाम टिपाएका छन् ।

जसमा बहालवाला मन्त्रीदेखि पार्टीका जिल्ला सभापति सम्म छन् । प्रदेशका कानून, सन्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले मन्त्री पद छोडेरै पनि मेयर बन्न दौडधुप गरिरहेका छन् । यस्तै, पार्टी सभापति किशोरदत्त बराल पनि मेयरको रेसमा छन् ।

यसअघि उपमेयरमा पराजीत सरस्वती गुरुङले पनि मेयरमा नाम टिपाएकी छिन् । मेयरमा महिलाबाट २ जनाको आवेदन परेको छ । कांग्रेस गण्डकीकी सहमहामन्त्री कोपीला रानाभाट समेत मेयरको आकांक्षीको रूपमा अघि सरेकी छिन् ।

यस्तै, नेपाल सरकारका पुर्व सचिव बाबूराम आचार्य, जिल्ला सभापतिमा पराजित सुदीपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्मचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य, विश्वशंकर पालिखे, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्छे, बाबूराम गिरी, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, विश्व घिमिरे, ऋषि सापकोटा र किरण केसीले नाम टिपाएका कांग्रेस पोखराका सभापति सुरेन्द्रमान विजुक्छेले जानकारी दिए ।

उनका अनुसार उपमेयरमा भने १० जनाको नाम परेको छ । उपमेयरमा आवेदन दिने अधिकांश महिला छन् । लक्ष्मी पाण्डे, माया बराल क्षेत्री, रंगीला आचार्य, आनन्दी राणा कार्की, टिका कुमारी गुरुङ, मिलन थापा र चिनु गुरुङले नाम दर्ता गरे भने पुरुषबाट दीपक महत, शिव केसी र गोविन्द नेपालीको नाम दर्ता भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *