गण्डकीका मन्त्री थापाले दिए मेयर बन्न कांग्रेसमा उम्मेदवारी

पोखरा । नेपाली कांग्रेसबाट पोखराको मेयर उम्मेद्वार बन्नका लागि गण्डकीका मन्त्री विन्दुकुमार थापाले मनोनयन दिएका छन् । पार्टीको पोखरा कार्यसमितिले आज ४ बजेसम्मका लागि नाम टिपाउन भनेकोमा मन्त्री थापाले आजै नाम टिपाएका हुन् ।

उनी मन्त्री पदबाट राजीनामा दिएरै भएपनि पोखराको मेयर बन्ने दाउमा छन् । तर उनको राजीनामाले गण्डकी सरकार नै ढल्न सक्ने सम्भावना हुन्छ । हालसम्म पोखराको मेयरका लागि ११ जनाले नाम टिपाईसकेका छन् ।

सरस्वती गुरुङ, बाबूराम आचार्य, सुदीपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्मचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्छे र विश्वशंकर पालिखेले पनि नाम टिपाएका कांग्रेस पोखराले जनाएको छ ।

उपमेयरमा ४ जनाको मनोनयन परेको छ । लक्ष्मी पाण्डे, माया बराल क्षेत्री, रंगीला आचार्य आनन्दी राणा कार्कीले नाम टिपाएका सचिव गणेशबहादुर भट्टराईले जानकारी दिए । एमालेले पनि १२ जना मेयर र ९ जना उपमेयरको आकांक्षीको नाम जिल्लामा पठाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *