ब्राउन सुगरसहित तीन जना पक्राउ

झापा । झापामा लागु औषधसहित तीनजना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका-६ बाट लागु औषध ब्राउन सुगर र ट्याब्लेट सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागु औषध सहित नियन्त्रणमा लिएको हो । मे ५ प ५६५ नम्बरको स्कुटरमा भारतीय बजारबाट नेपाल तर्फ आउँदै गरेका दमक नगरपालिका-२ का २६ वर्षीय अमृत राई र २२ वर्षीय सन्तोष ढकाललाई जाँच गर्ने क्रममा उनीहरूको साथबाट लागु औषध ब्राउन सुगर बरामद भएको थियो ।

सोही स्थानमाबाट दमक नगरपालिका-५ का २२ वर्षीय राजेश गुरुङ लागु औषध ट्याब्लेट सहित पक्राउ परेका छन् । गुरुङलाई लागू औषध डाईजापाम ६ एम्पुल, फेनारगन ६ एम्पुल र लुपिजेसिक ६ एम्पुल गरी जम्मा १८ एम्पुल सहित प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *