कास्की कांग्रेसको चेतावनी : पालिका प्रमुख छोडेर गबठन्धन हुँदैन

पोखरा । कास्कीमा आइतबारसम्म गठबन्धनको भागबण्डा मिलाउने तयारी छ ।

आजै निर्णायक भनेर बसिएको बार्ता विना निष्कर्ष टुंगिएपछि आइतबार साँझ ४ बजेका लागि बोलाईएको छ ।

बैठकका सहभागीहरुले पोखरा महानगरपालिका छोडेर ४ गाउँपालिका र वडाहरुको भागबण्डा मिलाउने सहमति गरेका छन् । बैठकमा सबै पार्टीले आ–आफ्नै दावी नछोड्दा बैठक तितरवितर भएको नेताहरुको भनाई छ ।

सत्ता गठबन्धनको नेतृत्व दल नेपाली कांग्रेसले कास्कीका ५ वटै पालिकाको प्रमुख आफुले पाउनुपर्ने अडान राखेको छ भने माओवादी केन्द्रले मादीको अध्यक्ष खोजेको छ । एकीकृत समाजवादीले माछापुच्छ्रेमा दावी गरेको छ भने जनता समाजवादीले अन्नपूर्ण खोजेको छ ।

पोखरा महानगरपालिका र रुपामा सबैको दावी छ । तर कांग्रेसले उपप्रमुख पद बाहेक प्रमुखमा आफ्नो पार्टीले छोड्न नसक्ने बताएको छ । पार्टी सचिव भानु ढकालले प्रमुख पद छोड्न परे गठबन्धन टुट्नसक्ने संकेत गरे । ‘न जनमत राम्रो छ । कसैको त संगठन पनि छैन । त्यस्तो पार्टीलाई प्रमुख दिँदा चुनाव कसरी जितिन्छ रु,’ उनले भने उपाध्यक्षमा सहमति हुन्छ भने ठिक छ नत्र गठबन्धन नै नरहन पनि सक्छ ।’ कांग्रेसले पालिकालाई आफ्नो उम्मेद्वार सिफारिसका लागि सर्कुलर गरेको छ ।

‘हामी आफ्नो तर्फबाट तयार हुनुपर्छ । सिफारिस गर्नुस् भनेका छौं,’ सभापति किशोरदत्त बरालले भने, ‘अवस्था जे पनि हुन सक्छ । भ्याकुम भएर बस्न त भएन नि ।’ उनले नतिजा निस्किने गरी गठबन्धन गर्नुपर्ने र जित्ने उम्मेद्वार खोज्नुपर्ने बताए । त्यसो त बरालले केन्द्रीय सभापति सहितका पदाधिकारीलाई काठमाडौँ नै पुगेर भेटेका थिए ।

भेटका क्रममा उनले गठबन्धन गर्दा जिल्लाको सुझाव विना गरे नतिजा राम्रो नआउने चेतावनी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *