केजीएफ च्याप्टर–२ को बक्स अफिसमा रेकर्ड

काठमाडाैँ । सुपरस्टार यशको चलचित्र केजीएफ च्याप्टर–२ को कमाईले २ दिनमा नै धमाका मच्चाएको छ ।
सप्ताहअन्तमा फिल्मले झन् धेरै राम्रो कमाई गरी अरु पनि थुप्रै रेकर्ड बनाउने आँकलन गरिएको छ । यशको चलचित्र केजीएफ च्याप्टर १ को सिक्वेल च्याप्टर २ हिन्दी, तमिल, तेलेगु र मलायम भाषामा समेत रिलिज हुँदा १२ हजार स्क्रिनमा रिलिज भएको थियो । प्रत्येक भाषाबाट चलचित्रलाई राम्रो प्रतिक्रिया प्राप्त भएको छ ।
पहिलो दिन चलचित्रले विश्वभरि १६५ करोड कमाई गरेको थियो । पहिलो दिन नै धेरै रेकर्ड ब्रोक गरेको चलचित्र केजिएफ च्याप्टर–२ ले आफ्नो धमाल जारी नै राखेको छ । साउथ इण्डियन चलचित्र भएर पनि फिल्मले बक्स अफिसमा राम्रो कमाई गरेको छ । पहिलो दिन उत्कृष्ट कमाई गरेको चलचित्रले दोस्रो दिन पनि उस्तै कमाई गरेको छ ।
बक्स अफिस इन्डियाको रिपोर्ट अनुसार केजीएफ च्याप्टर २ ले दोस्रो दिन हिन्दीमा मात्र ४३ करोडको व्यापार गरेको छ । यही हिसाबमा चलचित्रले हिन्दीमा मात्र २ दिनमा ९६ करोड रुपैयाँ कमाएको छ । दोस्रो दिनको कमाई पनि अरु चलचित्रको तुलानामा उत्कृष्ट भएको थियो । ३ दिनमा हिन्दीमा मात्र चलचित्रले १ सय करोड माथिको ब्यापार गर्ने आकलन गरिएको छ । भारतमा मात्रै नभई अरु देशमा पनि चलचित्रले रेकर्ड ब्रेक गरिरहेको छ । संजय दत्त, रवीना टण्डन, श्रिनिधि शेट्टी लिड रोलमा रहेको चलचित्रको पहिलो भाग सन् २०१८ मा रिलिज भएको थियो । चलचित्रलाई प्रशान्त नीलने निर्देशन गरेका हुन् ।
एडभान्स बुकिङ्गमा रेकर्ड
केजीएफ च्याप्टर २ को रिलिज हुनुभन्दा पहिले नै एडभान्स बुकिङ शुरू भएको थियो । सबैभन्दा धेरै एडभान्स बुकिङ हुँनेमा पनि केजीएफ च्याप्टर– २ ले रेकर्ड बनाएको छ । एडभान्स बुकिङबाट मात्र चलचित्रले २० करोड रुपैयाँको कमाई गरेको थियो । यसअघि रेकर्ड बनाएको साउथ इन्डियन चलचित्र आरआरआर को रेकर्ड केजीएफ च्याप्टर–२ ले तोडेको हो । आरआरआरले एडभान्स बुकिङबाट ५ करोड कमाई गरेको थियो ।
चलचित्र ओटीटीमा आउने
रिपोर्ट अनुसार केजीएफ च्याप्टर– २ को रिलिजको ८ हप्तापछि ओटीटी प्लेटफर्म मा स्ट्रिम हुनेछ । चलचित्रलाई अमेजन प्राइममा रिलिज गर्ने सम्भावना पनि उच्च छ । किनभने चलचित्रको पहिलो भाग पनि अमेजन प्राइममा स्ट्रिम भएको थियो । लाइभ हिन्दुस्तानबाट








