बेनीमा कांग्रेसले सर्वसम्मत छान्याे मेयरका उम्मेदवार

पोखरा । नेपाली कांग्रेसले म्याग्दीको बेनीमा मेयरको उम्मेदवारका लागि सर्वसम्मत नाम सिफारिस गरेको छ ।

चिरन्जीवी शर्मालाई मेयरको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरिएको हो । कांग्रेस जिल्ला कार्यसमिति पदाधिकारी बैठकले शर्मालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

बेनीको मेयरमा अहिले पनि कांग्रेस विजयी भएको छ । उपमेयरमा भने एमालेको साथ लिएर राप्रपाकी सन्जु बरुवाल विजयी भएकी थिइन् । बेनी नगरसमितिको बैठकले १० जना आकांक्षीको नाम जिल्लालाई सिफारिस गरेकोमा जिल्ला बैठकले ९ जनाकै समर्थनमा शर्मालाई अघि सारेको हो ।

उपमेयरको भने टुंगो लागेको छैन । नगर समितिले ३ जनाको नाम सिफारिस गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *