एमालेले माछापुच्छ्रेमा निर्वाचनबाट छान्यो उम्मेदवार

पोखरा । नेकपा एमालेले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आन्तरिक मतदानबाट उम्मेद्वार छानेको छ ।

अध्यक्ष र उपाध्यक्षमा धेरैको नाम परेपछि मतदानबाट निश्चित नाम सिफारिस गरिएको हो । अध्यक्षमा विक्रम गुरुङ, लालबहादुर परियार र भगवती गुरुङ निर्वाचित भएका छन् । अध्यक्षमा दावी गरेकी हालकी उपाध्यक्ष कृष्णकुमारी दवाडी सहित ७ जना पराजित भएका छन् ।

उपाध्यक्षमा वृतुमाया तामाङ गुरुङ, पार्वती जिसी र सीता तिवारी सिफारिस भएका छन् । माछापुच्छ्रेको पालिका अध्यक्षमा १० र उपाध्यक्षमा ७ जनाले आन्तरिक मतदानका लागि मनोनयन दर्ता गराएका थिए । हालका अध्यक्ष कर्णबहादुर गुरुङ भने आफुले नदोहोर्याउने बताएका छन् ।

पालिका कमिटीका ८८ सदस्यहरूमध्ये ८५ जनाले मतदान गरेका थिए । माछापुच्छ्रेमा एमालेबाट अध्यक्षका लागि कृष्णकुमारी दवाडी, यदुनाथ अधिकारी, नन्दलाल अधिकारी, नवराज शाही, राजेन्द्र गौतम, हरिश्चन्द्र ढुंगाना र पूर्णबहादुर गुरुङले पनि मनोनयन दर्ता गराएका थिए भने उपाध्यक्षमा चन्द्रा ज्यू ठकुरी, हिरादेवी सुनार, शान्ति भुजेल र विष्णु केसी आकांक्षी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *