चितवनमा प्रचण्डलाई प्रश्न- भरतपुरको मेयर कसले पाउँछ ?

चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनकातर्फबाट चुनावी तालमेलको टुङ्गो भोलिसम्ममा लागिसक्ने बताएका छन् ।

भरतपुर विमानस्थलमा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै उनले आजै साँझसम्ममा खाका तयार हुने बताए । उनले गठबन्धनमा केही समस्या नहुने दाबी गर्दै भने, ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ । हामी सम्भवतः भोलिसम्मा एउटा टुंगोमा पुग्छौं ।’

निर्वाचनको समयमा एउटै पार्टीभित्र समेत विवाद बहस हुने भन्दै उनले गठबन्धन दलहरूका बीचमा सहमतिमा आउन समय लाग्नु स्वभाबिक रहेको बताएका छन् । भरतपुर महानगरका विषयमा छलफल के भएको छ भन्ने प्रश्नमा उनले छलफल भइरहेको जानकारी दिए । गठबन्धनबाट उम्मेदवार टुङ्ग्याउन सकस भइरहेको हो भन्ने जिज्ञासामा उनले भने, ‘आरामसँग टुंङ्गिन्छ ।’ -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *