हावाहुरीले उडायो विद्यालयको छाना

काठमाडाैँ । हावाहुरीले खोटाङको जन्तेढुंगा गाउँपालिका-२ बोपुङस्थित कन्यछाँगा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीबार साँझ चलेको हावाहुरीले साबिकको बोपुङ-४ खरबारीस्थित विद्यालयको तीन कोठे भवनको छाना पूर्णरुपमा उडाएको हो । हावाहुरीले विद्यालयको छाना उडाएर जमिनमा थुपारेको छ ।

छाना उडाएपछि कन्यछाँगा आधारभूत विद्यालयका विद्यार्थी खुला आकाशमुनि बस्न बाध्य बनेका छन् । हाल जन्तेढुंगा गाउँपालिकाका सामुदायिक विद्यालयमा वार्षिक परीक्षा सञ्चालन भइरहेको छ । सो विद्यालयका विद्यार्थी भने घाममा बसेर परीक्षा दिन बाध्य बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *