एमाले पोखरा : तीन दिन झुलाएर मेयर उपमेयरमा सबैको नाम सिफारिस

पोखरा । नेकपा एमालेले ३ दिनसम्म सर्वसम्मतका लागि गुजारेर अन्तिममा जम्मा भएको सबै नाम सिफारिस गरेको छ ।

पोखरा महानगरमा सुरुमा १२ जनाले मेयर र ११ जनाले उपमेयरमा नाम दर्ता गरे । तर केन्द्रीय कमिटीले बढीमा ३ जनाको नाम मात्रै माथिल्लो कमिटीमा सिफारिस गर्न निर्देशन दिएपछि उनीहरूबाट सर्वसम्मतको प्रयास गरियो । ३ दिनसम्म निरन्तर बैठक बसेर पनि सर्वसम्मत हुन नसेपछि शुक्रबार मतदानबाट टुंग्याउन लागिएको थियो ।

विहिबार निर्वाचन कमिटी गठन गरेर चुनावी प्रक्रिया सुरु भैसकेपछि पुनः सबैको नाम सिफारिस गरिएको हो । शुक्रबार विहान १२ जना मेयर र ९ जना उपमेयरका उम्मेद्वारले उम्मेद्वारी दिएका थिए । तर महानगर कमिटीले सबैको सहमति भन्दै मतदानलाई छोडेर संकलन भएका सबै नाम जिल्लामा पठाउने निर्णय गरेको अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए ।

मेयरमा प्रदेश सांसदहरू कृष्णबहादुर थापा र राजीव पहारी, नेताहरू रश्मि आचार्य, मीनाकुमारी गुरुङ, पुष्पज्योति ढुंगाना, भीमबहादुर कार्की, सावित्री भण्डारी, विश्वकल्याण पराजुली, दर्शन लामा, दीपकबहादुर पौडेल, बालासिंह काउछा मगर र पुष्पराज अधिकारीले दिएका हुन् । उपमेयरमा पनि अधिकांश पुरुषले दावी गरेका छन् । टीकाराम पंगेनी, तेजनारायण अधिकारी, जीवनप्रसाद आचार्य, बलराम गायक, शोभामोहन पौडेल र बामदेव ढुंगानाको मनोनयन परेको थियो । महिलामा भने विनाकुमारी गुरुङ, सुष्मा पौडेल र देवका पहारी त्रिपाठीले मनोनयन दिएका थिए ।

यसअघि आकांक्षा देखाएका बैनबहादुर अधिकारी क्षेत्री र हरिकला गुरुङले शुक्रबार मनोनयन नै दिएनन् । महानगरबाट सबैको नाम पठाउने निर्णय भएपछि अधिकांश नगर कमिटी सदस्यहरू रुष्ट बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =