जहदामा मदिरा सेवन गरी श्रीमतीको हत्या

मोरङ । मोरङको जहदा श्रीमानले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् । जहदा गाउँपालिका वडा नम्बर ७ मा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

जहदा गाउँपालिका–७ का ३३ वर्षीय नारायण सोरेनले मादक पदार्थ सेवनगरि कुटपिट गरी पत्नी ३२ बर्षिया पानो टुडुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

नारायणले मादक पदार्थ सेवन गरेर पत्नीलाई कुटपिट गरेकोमा उनको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

कुटपिटबाट गम्भीर घाइते भएकी पानोको उपचारका क्रममा गएराति विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पत्नीको हत्यामा संलग्न नारायण फरार रहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + six =