फेवामा डुङ्गा सयर (तस्बिरहरू)

पोखरा । पोखराको मुटु फेवाताल, जसलाई हेरेर जो कोही पनि मोहित हुन्छन् । फेवाताल, जसको दृश्यपान गरेर कसैको धित मर्दैन ।

लमतन्न परेको फेवातालमा छचल्किएको पानीले समुन्द्रको झल्को दिन्छ । यहाँबाट देखिने प्राकृतिक छटाहरू संसारमा प्रायः कमै मात्र देख्न सकिन्छ । फेवाताल, जहाँ कुमारी माछापुच्छ्रे हिमालको छाया देख्न सकिन्छ ।

फेवाको मुख्य आकर्षण डुङ्गा सयर पनि हो । वैशाख १ अर्थात् नयाँ वर्षका दिन यहाँ डुङ्गा सयर गर्नेको भिड नै थियो ।

नयाँ वर्ष मनाउन पोखरा आएका आन्तरिक तथा बाह्य पर्यटकले डुङ्गाको मज्जा लिएका हुन् । हुन त, डुङ्गा चढेर तालवाराही मन्दिर जानु जति बाध्यता हो, त्योभन्दा बढी त्यसले दिने आनन्द ।

फेवाताल बिचमा रहेको यो मन्दिरमा जाँदा तालवाराही देवीको दर्शन त छँदैछ, फेवातालको दृश्यावलोकन सँगै डुङ्गाको मज्जा पनि एकैसाथ लिन पाइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *