मोरङ एमालेले ३ पालिकाका प्रमुखकाे टुङ्गाे लगायाे

विराटनगर । मोरङमा नेकपा एमालेले पालिकास्तरबाट उम्मेदवार टुंगो लगाउन थालेको छ । मोरङमा १५९ वडा सदस्यहरू मध्ये ५० प्रतिशत सर्वसम्मतिबाट नामहरू जिल्ला कमिटिमा आएको नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए । पालिका प्रमुखदेखि वडाध्यक्षसम्मका उम्मेदवार सर्वसम्मतबाट बनाउने प्रयास भएको उनले अध्यक्ष पोखरेलले बताए ।

मोरङका १७ वटा पालिका मध्ये १२ पालिकाका विभिन्न वडाहरूमा सर्वसम्मत सिफारिस भएका छन् । अन्य वाडाअध्यक्षहरूको सर्वसम्मतको सिफारिसको प्रयास भइरहेको एमालेले जनाएको छ । १७ पालिकामा १५९ वडा रहेका छन् । १७ पालिकामध्ये ३ वटा पालिकामा प्रमुख पदमा सर्वसम्मत टुंगो लागेको छ भने एउटा पालिकामा मात्र एमालेले उपप्रमुख टुंगाे लगाउन सकेको छ ।

नेकपा एमालेले सर्वंंसम्मत प्रमुखको टुंगो लगाएको पालिकामा रंगेली नगरपालिका, जहदा गाउँपालिका र धनपालथान गाउँपालिका छन् । रंगेलीमा नेकपा माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका दिलिप अग्रवाल (बगडिया) सर्वसम्मत उम्मेदवार बनेका छन् । त्यस्तै, जहदा गाउँपालिकामा जयनरथ गिरी (कृष्ण) प्रमुख र अनिता सोरेन उपप्रमुखमा सर्वसम्मत छनौट भएको नेकपा एमालेका सचिव रुपेश खतिवडाले जानकारी दिए । उनका अनुसार धनपालथान गाउँपालिकामा भने प्रमुखको लागि मुसहरू मण्डलको नाम सर्वसम्मत छनौट भएको छ ।

एमालेले मोरङमा तीनवटा स्थानीय पालिकाका प्रमुख, एक पालिकाको उपप्रमुख र ४३ वटा वडाका वडाध्यक्ष सर्वसम्मतबाट टुंगो लगाएको एमाले मोरङ सचवि खतिवडाले मकालुखबरलाई जानकारी दिए । ‘अन्य वडा र पालिकाहरूबाट नाम छनौट भएर आएको भएपनि फेरी सर्र्बसहमतीको लागि पुन वडा र पालिकाको उम्मेदवार छनौट संयन्त्रलाई छलफलगरि नाम टुङ्गो लगाउन भनिएको छ’, खतिवडाले भने, ‘यदि तल्लो तहबाट पनि नाम टुंगो लगाउन नसकेको अवस्थामा कुन बिधि र प्रक्रियाबाट सर्वसहमतिबाट नाम टुंगो लगाउने भन्ने बारेमा जिल्ला संयन्त्रको बैठकले विधि बनाएर पठाउने छ ।’ नेकपा एमाले मोरङले ढिलोमा ७ गतेसम्ममा सबै उम्मेदवार छनौट गरी पालिकाहरूमा चुनावी प्रचारको लागि पठाउने तयारी थालेको छ । सर्वसम्मतिको आधारमा नाम छनौट भएका पालिकाहरूमा अहिले चुनावी प्रचारको काम भइरहेको नेकपा एमालेले जनाएको छ ।

उम्मेदवार छनौट गर्ने बारेमा नेकपा एमाले जिल्ला स्तरीय संयन्त्रको बैठक भाेलि नै बस्दैछ । ‘वडाबाट प्राप्त भएका नामका आधारमा भाेलि छलफल गर्ने तयारी भएको छ, एमाले श्रोतले भन्यो, छलफलको आधारमा उम्मेदवार टुंगो लगाइन छ ।’

नेकपा एमालेका अनुसार विराटनगर महानगरपालिकाका १९ वडा मध्ये ३ वडा, केराबारी गाउँपालिकाको १० वडा मध्ये ९ वटा वडामा सर्वसम्मत भएको छ । सुन्दरहरैंचा नगरपालिकाका १२ वडाहरू मध्ये ७ वटा वडा, रतुवामाई नगरपालिकाको ५ वटा वडा, लेटाङ नगरपालिकाको २ वटा वडा, उर्लाबारी नगरपालिकाको ४ वटा वडामा पनि वडा अध्यक्षमा उम्मेदवार सर्वसम्मत छानिएका छन् ।

बुढीगंगा गाउँपालिकाको २ वटा वडा कानेपोखरी गाउँपालिकाको २ वटा वडा, सुनबर्षी नगरपालिकाको २ वटा वडा, रंगेली नगरपालिकाको २ वटा वडामा पनि सर्वसम्मत गरिएको छ । मिक्लाजुङ गाउँपालिकाको २ वटा वडा र धनपालथाल गाउँपालिकाको ३ वटा वडामा एमालेले वडाध्यक्ष सर्वसम्मत सिफारिस गरेको एमालेले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *