झुम्का कारागारमा झडप, ६ कैदी घाइते

काठमाडौं । सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का कारागारमा कैदीबीच झडप हुँदा ६ जना घाइते भएका छन् । बुधबार कारागारमा रहेका १२ जना कैदीलाई स्थानान्तरण गरेपछि कारागारको चौकीदार बन्ने विषयमा जेलभित्रै रहेका अन्य कैदीबीच विवाद हुँदा ६ जना घाइते भएका जेलर प्रदीप शाहले मकालुखबरलाई जानकारी दिए ।

स्थिति नियन्त्रणमा लिन २५ जना कैदीलाई कारागार बाहिर राखिएको पनि जेलर शाहले बताए । घाइतेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + ten =