पथरीमा नोबेलको स्वास्थ्य शिविर, ७ सय बढीले लिए सेवा
२०७९ वैशाख १ गते

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका-३ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौँको कागेश्वरी मनोहरास्थित कायरा पोलिक्लिनिकको सहकार्यमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
शिविरमा ७५३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये १६९ जनाको रक्त परीक्षण, १५३ जनाको भिडियो एक्स-रे र १२१ जनाको मुटुको जाँच (ईसीजी) गरिएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका २५ जनाको दाँत उखेलिएको छ । शिविरमा बिरामीको स्वास्थ्य परीक्षण पश्चात् रोग तथा समस्याका आधारमा उनीहरूलाई निःशुल्क औषधीसमेत वितरण गरिएको आयोजकले जनाएको छ ।
२०७९ वैशाख १ गते
प्रतिक्रिया
सम्बन्धित









