नेपाली कांग्रेस झापाले संसदीय बाेर्ड गठन

झापा । नेपाली कांग्रेस झापाले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न उम्मेदवार छनौट तथा सिफारिसका लागि संसदीय बाेर्ड गठन गरेको छ ।

पार्टीको विधान बमोजिम जिल्ला संसदीय बाेर्ड गठन गरेको हो । गठित संसदस्य बाेर्डको सभापतिमा पार्टीका जिल्ला सभापति देउकुमार थेवे, बाेर्ड सचिवमा कृष्ण हुमागाई र नवीन विमली छन् ।

त्यस्तै, सदस्यहरूमा उपसभापतिद्वय शेरवहादुर भट्टराई, केशवराज पाण्डे, सहसचिवद्वय कालेन्द्र प्रसाद राजवंशी, कमल भण्डारी तथा नेपाली कांग्रेसको जिल्ला अधिबेशनबाट उपबिजेता भएका राम कट्टेल रहेका छन् ।

जिल्ला सदस्यहरू मध्येबाट सभापतिले मनोनयन गर्ने पाँच जना बोर्ड सदस्यहरूमा रमेश दाहाल, पार्वता गिरी, भक्त खवास, रुद्र चियरिया र सरस्वती सेढाई सदस्य रहेका छन् ।
यसैगरी विधान अनुसार जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने मध्येबाट महामन्त्री विश्वप्रकाश शर्मा, पूर्व महामन्त्री तथा पार्टीका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, केशव कुमार बुढाथोकी, सरिता प्रसाई, महेन्द्रा कुमारी सुब्बा, सुशीला ढकाल आचार्य र प१ नम्वर सभापति उद्धव थापा पदेन सदस्य रहेका छन् ।

यो सँगै नेपाली कांग्रेस झापाले आगामी स्थानीय तह निर्वाचनमा पार्टी भित्र आन्तरिक अनुशासन कायम राख्न तीन सदस्यीय अनुसाशन समिति गठन पनि गठन गरेको छ। गठित समितिमा सभापति थेवे सहित सदस्यहरूमा पार्टी उपसभापति शेरवहादुर भट्टराई र केशवराज पाण्डे रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *