कर्मचारीले दलको समर्थन वा विरोध गरे कारबाही हुन्छ : प्रमुख निर्वाचन आयुक्त

विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तोकिएको मिति वैशाख ३० गते स्थानीय तहको निर्वाचन तोकिएकै समयमा सफलतापूर्वक हुने दोहोर्याएका छन् ।

प्रदेश १ सरकारसँग निर्वाचन आयोगले मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा गरेको कार्यक्रममा आयोगका प्रमुख आयुक्त थपलियाले निर्वाचनको लागि प्रदेशले सरकारको सहयोग हुने अपेक्षा रहेको बताए ।

प्रमुख आयुक्त थपलियाले आयोगले निर्वाचनको तयारी द्रुतगतिमा गरिरहेकाले तोकिएको समयमा निर्वाचन नहुनेमा भन्ने विषय सोच्न पनि नसकिने बताए । प्रमुख आयुक्त थपलियाले केही जिल्लाको मतपत्र छपाईका कामसमेत सम्पन्न भई सम्बन्धित जिल्लामा ढुवानीसमेत हुन थालेका जानकारी दिए ।

कर्मचारीलाई कुनै पनि राजनीतिक दलको समर्थन वा विरोधमा सार्वजनिक धारणा सार्बजनिक गर्न नदिईने बताए । ‘कुनै अमुक दलको समर्थन वा विरोध गरे त्यो निर्वाचन आचारसंहिता विपरित हुन्छ, उनले भने, निर्वाचन आचार संहित विपरितका कार्य भए आयोगले तत्काल कार्वाही गर्छ ।’

प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्वाचन आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले आगामी निर्वाचनलाई आफ्नो कर्तव्य र जिम्मेवारी ठानेर सहयोग गर्ने बताएका हुन् ।

‘निर्वाचन सम्पन्न गर्न आफ्नो हैसियत र क्षमताले भ्याएसम्म सहयोग गर्छौं,’ मुख्यमन्त्री राईले भने । प्रदेश १ सरकारका प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले निर्वाचन सम्पन्न गर्नका लागि आयोगले दिने जुनसुकै जिम्मेवारी पूरा गर्न प्रदेश सरकार र कर्मचारी संयन्त्र प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *