थप १९ जनामा कोरोना संक्रमण
२०७८ चैत ३० गते

काठमाडाैँ । नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ३ हजार ३ सय ४९ पिसिआर परिक्षणका क्रममा १५ जना र १ हजार ३ सय ६६ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बुधबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ भने थप ४९ संक्रमित निको भएका छन् ।
हाल नेपालमा ५ सय २० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
२०७८ चैत ३० गते
प्रतिक्रिया
सम्बन्धित








