कांग्रेसलाई पोखराको मेयर आकांक्षीको चेतावनीः अरूलाई मेयर दिए स्वतन्त्र उम्मेदवारी

पोखरा । नेपाली कांग्रेस गठबन्धनको पक्षमा छ । माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चालाई साथमा लिएर स्थानीय चुनावको तयारी गरेको कांग्रेसले पोखराको मेयर गुमाउने संकेत छ ।

मिडियाहरूमा पोखराको मेयर एकीकृत समाजवादीलाई दिने समाचारहरू आउन थालेपछि पोखराका कांग्रेसीहरू रुष्ट बनेका छन् ।

अहिले कास्की कांग्रेसको टोली काठमाडाैँ पुगेको छ । प्रमुख पद नछोड्ने रिपोर्टिङका लागि उनीहरू सभापति शेरबहादुर देउवालाई भेट्न काठमाडाैँ पुगेका हुन् । यसैक्रममा एकजना मेयरका आकांक्षीले कांग्रेसबाहेक अरु पार्टीलाई टिकट दिए त्यसको नतिजा राम्रो नआउने चेतावनी दिएका छन् ।

कांग्रेस पोखराको सभापतिमा चुनाव लडेर पराजीत भएका मनोनित जिल्ला सदस्य गंगाधर पराजुलीले सामाजिक सन्जालमा स्टाटस लेख्दै गठबन्धनको विरोध गरेका हुन् । उनी आफैँ पनि मेयरको आकांक्षी हुन् । मतदाताको यकिन समेत नभएको पार्टीलाई मेयरको टिकट दिँदा परिणाम सोचे भन्दा फरक आउने उनको चेतावनी छ ।

‘पोखराका कांग्रेस हामी मेयर बन्ने दौडमा छौं तर आँफुले मेयरको उमेदवार बन्न नपाउने भएपछि कांग्रेसको अरु कोही भन्दा अरु नै पार्टीले पाओस भन्दै छौं,’ उनले भने, ‘नेपाली कांग्रेसको तर्फबाट पार्टीले जो कोहीलाई उमेदवार बनाए पनि मलाई आपत्ति छैन । तर मतदाता समेत एकिन नभएको पार्टीलाई मेयर दिने हो भने त्यसको परिणाम सोचे भन्दा विपरीत आउने करिव निश्चित जस्तै छ । नेपाली कांग्रेसका कोही न कोही नेता/कार्यकर्ताले स्वतन्त्र उमेदवारी दिने पनि करिव निश्चित जस्तै छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *