स्राेत नखुलेको भारतीय रुपैयाँसहित चारजना पक्राउ

विराटनगर । स्राेत नखुलेको भारतीय रुपैयाँ सहित विराटनगरबाट चार जना पक्राउ परेका छन् ।

भारतबाट नेपालतर्फ आउदै गरेका व्यक्तिहरूलाई सोधन खोज गर्ने क्रममा बिराटनगर महानगरपालिका वडा नम्बर १५ बाट चारजना पक्राउ परेका हुन् । सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स्राेत नखुलेको भारतीय रुपैयाँ तीन लाख ८ हजार ५ सय नगद सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको बिहारको सहरसाका अभिनाष मुखिया, विष्णुदेव मुखिया, सुनसरीको वर्जु गाउँपालिका वडा नम्बर १ का सुरज ऋषिदेव र शिव कुमारी ऋषिदेव रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका चारै जनालाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय ईटहरी सुनसरीमा बुझाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =