स्याङजाको आँधीखोलामा एमालेले पौडेललाई अध्यक्ष उठाउने

पोखरा । बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा एमालेले स्याङजाको आँधीखोला गाउँपालिकामा विश्व पौडेललाई उठाउने तयारी गरेको छ ।

जिल्लाका उपसचिव समेत रहेका पौडेललाई सर्वसम्मत रूपमा अध्यक्षको सिफारिस गरिएको हो । पालिकाको उपाध्यक्षमा सीता थापाको नाम सिफारिस गरिएको छ ।

अहिले आँधीखोलामा एमालेकै सुधिर पौडेल अध्यक्ष छन् भने उपाध्यक्षमा साविक एमाले (हाल एकीकृत समाजवादी) शर्मिला पौडेल कार्यरत छिन् ।

सोही भेलाले वडाका उम्मेद्वारहरू समेत सर्वसम्मतबाट सिफारिस गरेको छ । वडा नम्बर १ को अध्यक्षमा पवनकाजी अधिकारी, २ मा कमल प्रसाद पौडेल, ४ मा सिंह बहादुर क्षेत्री, ५ मा कृष्ण पनेरु र ६ मा यदु ढकालको नाम टुंगो लागेको छ । वडा नम्बर ३ मा भने नाम टुंगीन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *