माओवादीले माछापुच्छ्रे गाउँपालिकामा टुंग्यायो अध्यक्ष र उपाध्यक्ष

पोखरा । नेकपा (माओवादी केन्द्र)ले कास्कीको माछापुुच्छ्रे गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको सिफारिस गरेको छ ।

गाउँपालिका कमिटीको आज बसेको बैठकले बैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि अध्यक्षमा नवराज भण्डारी र उपाध्यक्षमा प्रविणा अधिकारीलाई अघि सारेको हो ।

बैठकले सर्वम्मत रुपमा भण्डारी र अधिकारीको नाम पार्टीको प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय गरेको गाउँपालिका कमिटीका अध्यक्ष बैकुण्ठ भडारीले जानकारी दिए ।

उनीहरू दुवै जना माओवादी केन्द्रको प्रदेश कमिटीको सदस्य हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *