पोखराको मेयर बन्न एमालेका १२ जनाले दिए आन्तरिक उम्मेद्वारी, उपमेयर रेसबाट बाहिर

पोखरा । वैशाख ३० गते हुने स्थानीय चुनावका लागि पोखरा महानगरपालिकामा मेयर बन्न एमालेबाट १२ जनाले दावी देखाएका छन् । महानगर कमिटीको बैठकमा १२ जनाले मेयर बन्न नाम टिपाएका हुन् ।

वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा), पुष्पज्योती ढुंगाना, पुष्पराज अधिकारी, दिपक पौडेल, बालकृष्ण काउछा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीम कार्की, रश्मी आचार्य, प्राडा. विश्वकल्याण पराजुली, कृष्ण थापा र राजिब पहारीको उमेद्वारी परेको छ ।

उपमेयरका लागि ११ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । सुष्मा पौडेल, शोभामोहन पौडेल, बामदेब ढुंगाना, टिकाराम पंगेनी, तेजनारायण अधिकारी, संजिबबहादुर कोइराला, देवका पहारी त्रिपाठी, जीवनप्रसाद आचार्य, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादुर क्षेत्रीले दावी गरेका हुन् ।

पोखरा महानगरपालिकाको अहिले नेतृत्व एमालेले गरिरहेको छ । २०७४ मा भएको स्थानीय तह निर्वाचनको नतिजा हेर्दा एमालेका बलियो देखिन्छ । त्यसैले मेयर र उपमेयरको उमेद्वार हुन लागि परेका छन् ।

अघिल्लो निर्वाचनमा पोखरा महानगरमा एमालेका उम्मेदवार मानबहादुर जिसी निर्वाचित भएका थिए । उनले कांग्रेस उम्मेदवार कांग्रेसका स्व. रामजी कुँवरलाई करिव १४ हजार मतले हराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *