पाहुना एमाले अब धनकुटाबाट बिदा हुन्छ : नेता खतिवडा

धनकुटा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले काँग्रेसको घरमा पाहुना बनेर बसेको एमालेलाई बिदा गर्ने उचित समय आएको बताएका छन् ।

नेपाली काँग्रेसको एक महिने अभियानका लागि धनकुटा खटिएका नेता खतिवडाले नेपाली काँग्रेसको नेतृत्वमा तालमेल अघि बढाएको सत्ता गठबन्धनले बैशाख ३० गतेको निर्वाचनबाट सधैका लागि एमालेलाई धपाउने बताएका हुन् ।

उनले भने “नेपाली काँग्रेसको खेतबारी कब्जा गरेर बसेको एमाले धनकुटाबाट अब सधैका लागि बिदा हुँदैछ ।”

धनकुटाका सातवटै स्थानीय तह काँग्रेस नेतृत्वको गठबन्धनले जित्ने खतिवडाको दावी छ । एक महिने अभियानका क्रममा धनकुटामा विभिन्न दल त्यागेर एकहजार बढी नेता कार्यकर्ता काँग्रेस प्रवेश गरेको नेपाली काँग्रेस धनकुटाका सभापति दिनेश राईले बताए ।

निर्वाचन अभियानका लागि देश बिदेशमा रहेका नेता कार्यकर्ता दशैं मान्न घर फर्केझैँ उत्साहपूर्वक गाउँघर फर्केको भन्दै उनले मतदाता काँग्रेसलाई भोट हाल्न आतुर रहेको दाबी पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *