एमालेले रूपामा अहिलेकै अध्यक्ष–उपाध्यक्ष दोहोर्‍याउने

पोखरा । नेकपा एमालेले कास्कीको रुपा गाउँपालिकामा अहिलेकै अध्यक्ष र उपाध्यक्षलाई दोहोर्‍याउने भएको छ ।

मंगलबार भएको पालिका बैठकले अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुव्वा गुरुङलाई सर्वसम्मत सिफारिस गरेको हो ।

अहिलेकै जनप्रतिनिधिको काम सन्तोषजनक रहेको र जित्न सक्ने भन्दै उनीहरूलाई नै दोहोर्‍याउने निर्णय गरिएको अध्यक्ष सहबक्स मियाँले जानकारी दिए ।

उनका अनुसार वडाका उम्मेद्वाहरु समेत सर्वसम्मतबाटै टुंगिएका छन् । १ मा शिव खनाल, ३ मा दीपेन्द्र गौतम, ४ मा मुकुन्द बंशी, ५ मा राजन खनाल, ६ मा नारायण गुरुङ र ७ मा कृष्ण सुवेदी वडाध्यक्षका रुपमा सिफारिस भएका छन् ।

२ नम्बर वडाको समेत आजै टुंग्याईने उनले बताए । त्यहाँ ४ जना आकांक्षी भएपछि सहमति गर्न समस्या परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *