प्रदेश १ मा ७७ प्रहरी कर्मचारीको बढुवा

विराटनगर । प्रदेश १ मा ७७ पदोन्नति भएका प्रहरी कर्मचारीलाई दर्ज्यानी चिह्न प्रदान गरीएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा एक कार्यक्रमको आयोजना गरी पदोन्नति भएका प्रहरी कार्यचारीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरीएको हो ।
प्रहरी प्रधान कार्यालयमा विभिन्न मितिको पत्रले प्रहरी वरिष्ठ नायब निरीक्षक, प्रहरी वरिष्ठ हवल्दार र प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका ७७ जना प्रहरी कर्मचारीहरूलाई दर्ज्यानी चिह्न प्रदा नगरीएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
प्रदेश १ का प्रहरी नायब महानिरीक्षक अरुण कुमार बिसीले उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । पदोन्नति भएका सम्पुर्ण प्रहरी कर्मचारीहरूलाई बधाई तथा शुभकामना प्रदान गर्दै प्रहरी नायब महानिरीक्षक बिसीले पदोन्नतिले थप जिम्मेवारी बढेकोले जिम्मेवारपूर्वक काम गर्न निर्देशन दिए । कार्यक्रममा प्रहरी अधिकृतहरूको उपस्थिती रहेको थियो ।










