छन्त्याल संघको अध्यक्षमा पुनः मनमोहन

पोखरा । नेपाल छन्त्याल संघको अध्यक्षमा पुनः मनमोहन बुढाथोकी छन्त्याल निर्वाचित भएका छन् ।
बेनीमा सम्पन्न ७ औं राष्ट्रिय महाधिवेशनबाट मनमोहनको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको हो । मनमोहनले २ सय ४ मत पाउँदा निकटतम प्रतिस्पर्धी गजेन्द्र छन्त्यालले १ सय १२ पाएका थिए ।
वरिष्ठ उपाध्यक्षमा १ सय ८५ प्राप्त गरी मनमाया छन्त्याल निर्वाचित भएकी छन् । पाँच उपाध्यक्षहरूमा हरिचन छन्त्याल (खुला), यमुना छन्त्याल (महिला), खिमबहादुर छन्त्याल (गण्डकी प्रदेश), लोकप्रसाद छन्त्याल (लुम्बिनी प्रदेश) र चक्र बहादुर घरब्जा छन्त्याल (बागमती प्रदेश) निर्वाचित भए ।
महासचिवमा कृष्णबहादुर छन्त्याल, कोषाध्यक्षमा शिवप्रसाद छन्त्याल, उपमहासचिवमा घनबहादुर छन्त्याल, सह कोषाध्यक्षमा यमबहादुर छन्त्याल, सचिवमा यमप्रसाद छन्त्याल, महिला सचिवमा थममाया छन्त्याल सर्वसम्मत चयन भएका निर्वाचन समितिका संयोजक चित्र घरब्जा छन्त्यालले जानकारी दिए ।
तीन खुल्ला सदस्यहरू मतदान भएकोमा श्याम पाल्ताङे छन्त्याल, नरेन्द्र कुमार छन्त्याल र घनसा छन्त्याल विजयी भएका छन् । महाधिवेशनबाट पदाधिकारी र सदस्यहरू सहित ३२ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको हो ।
छन्त्याल नेपालको निकै कम जनसंख्या भएका जातिहरूमध्ये पर्छ ।









