धरानको मेयरमा एमालेबाट ११ सिफारिस, इटहरीमा आधा दर्जन (सूचीसहित)

विराटनगर । प्रदेश १ का दुई उपमहानगरमा एमालेबाट प्रमुख र उपप्रमुखमा समान आकांक्षी देखिएका छन् । इटहरी उपमहानगरपालिकाको मेयरको लागि एमालेले ६ जना र उपप्रमुखका लागि ९ जनाको नाम एमालेले सिफारिस गरेको छ ।

आइतबार बसेको एमाले नगर कमिटी सचिवालय बैठकले बहालवाला मेयर द्वारिकालाल चौधरीको नामपनि सिफारिस गरेको हो । त्यस्तै मेयरको आकांक्षीमा उपमेयर लक्ष्मी गौतम पनि छिन् । उपमहानगर कमिटीका अध्यक्ष यमकुमार सुब्बा, इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलागाईं, इटहरी उपमहानगरका पूर्व अध्यक्ष रेवतीप्रसाद घिमिरे र एमाले सुनसरी सदस्य बन्नुलाल चौधरीले पनि मेयरमा दाबी प्रस्तुत गरेका छन् ।

इटहरीमा मेयरमा भन्दा उपमेय।मा दाबी प्रस्तुत गर्नेको सङ्ख्या धेरै रहेको छ। उपमेयरमा ९ जनाको नाम सिफारिस भएको नेकपा एमालेले जनाएको छ। अम्बिका चौधरी,विष्णु शर्मा (नेपाल),अमला श्रेष्ठ,अनिता शर्मा, संगीता चौधरी, रामचरण चौधरी, गायत्री चौधरी, रुक्मिणी कोइराला र मिथिला पोख्रेलको नाम सिफारिस भएको छ ।

धरानमा ११ मेयरका आकांक्षी
इटहरीमा जस्तै धरानमा पनि आकांंक्षी धेरै देखिएका छन् । नेकपा एमालेको उपमहानगर कमिटीले मेयरको लागि ११ जनाको नाम सिफारिस गरेको हो । सिफारिस हुनेहरूमा हालकी उपमेयर मञ्जु भण्डारी र पूर्व मेयर मनोजकुमार मेन्याङ्बोलाई प्राथमिकतामा राखिएको छ ।

नेताहरूका अनुसार उनीहरू दुईमध्ये एक जनाले टिकट पाउने सम्भावना धेरै छ । १ केन्द्रीय सदस्य, ७ जना प्रदेश समिति सदस्य, ३ जना जिल्ला सदस्य तथा १ जना पूर्व जिल्ला सदस्यको नाम मेयरको लागि सिफारिस भएको नेकपा एमाले धरानका अध्यक्ष हर्कजंग एभेङकाले जानकारी दिए । प्रदेश सदस्यहरू विजय राई, प्रकाश राई, मोतीराज सुनुवार, दोर्पध्वज राई र किशोरकुमार कार्की, जिल्ला सदस्यहरू मीन सुब्बा, नारायण सुवेदी, राजमणी निरौला र पूर्व जिल्ला समिति सदस्य तीर्थ मास्केको नाम सिफारिस भएको हो ।

एमाले धरान नगर समितिले उपमेयरका लागि पनि ६ जनाको नाम सिफारिस गरेको छ । जसमा प्रदेश समिति सदस्य सुशीला पहाडी, लहरु जिमी, जिल्ला सदस्यहरू पदम इस्वो लिम्बू, इन्द्रकला राई, सविता चाम्लिङ र लीला राई रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *