तनहुँमा मोटरसाइकल पल्टिँदा वृद्धाको मृत्यु

पोखरा । तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ । व्यास नगरपालिका १ मा मोटरसाइकल पल्टिँदा पछाडि सवार ऋषिङ गाउँपालिका ४ भीरकोटकी ७५ वर्षीया पार्वती रानाभाटको मृत्यु भएको हो ।

हाईस्कुलटारबाट दमौली तर्फ जाँदै गरेको ग १४ प ६५७ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते रानाभाटको उपचारको लागि जिल्ला अस्पताल दमौलीमा लगिएको थियो । अस्पताल पुग्ने बित्तिकै मृत घोषणा गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *