विराटनगरको मेयरमा एमालेबाट ५ जनाको नाम सिफारिस, परेनन् लालबाबु

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले विराटनगरको मेयरको उम्मेदवार छनोटका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको महानगर कमिटीको बैठकले नगर अध्यक्ष सागर थापासहित पाँच जनाको नाम सिफारिस गरेको हो ।

चर्चामा रहेको पूर्वमन्त्री लालबाबु पण्डित र जीवन घिमिरेको नाम त्यो ५ जनाको लिस्टमा परेको छैन । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि विराटनगर महानगरपालिकामा उम्मेदवार हुने सम्भावितको नाम नेकपा एमाले जिल्ला कमिटीलाई पठाइएको नेकपा एमाले महानगर कमिटी अध्यक्ष सागर थापाले जानकारी दिए । पार्टी कार्यालय पाञ्चालीमा बसेको विराटनगर महानगर कमिटीको बैठकले मेयर पदको लागि ५ जनाको नाम सिफारिस गरेको हो त्यस्तै उपप्रमुखमा तीन जनाको नाम सिफारिस गरेको छ ।

विराटनगर महानगरपालिकाको मेयरका लागि एमालेले रामलाल साह, बाबुराम कार्की, सागर थापा, पशुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस गरेको हो । सिफारिस गरिएको थापा एमाले विराटनगरको अध्यक्ष हुन् । साह केन्द्रीय सदस्य, कार्की जिल्ला उपाध्यक्ष, बस्नेत र भट्टराई प्रदेश सदस्य हुन् । उपमेयरका लागि शिल्पा कार्की, विमला घिमिरे दाहाल, अन्जु उपाध्याय (शिला) को नाम सिफारिस गरेको हो । कार्की महानगरपालिकाकी उपाध्यक्ष, दाहाल प्रदेश सदस्य र उपाध्याय जिल्ला सदस्य हुन् ।

एमाले महानगर कमिटीले विराटनगर १०, ११ र १९ नम्बर वडाको उम्मेदवार सर्वसम्मत टुङ्गो लगाएको छ । विराटनगर १० को वडाध्यक्षमा अर्जुन गिरी, ११ मा तिर्थेन्द्र न्यौपाने र १९ मा श्याम घिमिरेलाई सर्वसम्मत वडा अध्यक्षको लागि उम्मेदवार टुङ्गो लगाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *